9851089721
Facebook
ने EN
समाचार १८ कार्तिक २०८३

सिएमसी काभ्रेको आयोजनामा जाली नोट तथा हस्ताक्षर प्रमाणित तालिम सम्पन्न

सिएमसी काभ्रेको आयोजनामा जाली नोट तथा हस्ताक्षर प्रमाणित तालिम सम्पन्न

२०८३ कात्तिक १५, कोअपरेटटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले जाली नोट तथा हस्ताक्षर प्रमाणित तालिम विषयमा एकदिवसीय तालिम सम्पन्न गरेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विभागका प्रमुख वैज्ञानिक अधिकृत मुकुल प्रधानको सहजीकरण र क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सहकारी संस्थाको अग्र भागमा रही नगद र दस्तखतसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारीहरुलाई लक्षित गरी आयोजना गरिएको तालिममा ५० जनाको सहभागिता रहेको थियो । क्लबले सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकासलाई ध्यानमा राखी नियमित रुपमा विविध खालका उपयोगी तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सबै समाचार