9851089721
Facebook
ने EN
समाचार २८ भदौ २०८३

रक्तदानसहित कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न

रक्तदानसहित कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले रक्तदान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी आफ्नो छैटौँ स्थापना दिवस मनाएको छ।

क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थ तथा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष अमन पोटेले शुभकामना व्यक्त गर्नुभएको थियो।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको व्यवस्थापन तथा संयोजन बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको क्लबले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापक तथा कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता संस्थागत प्रयास आवश्यक रहेको बताएका थिए।

क्लबले स्थापना दिवसकै अवसरमा यसअघि अग्रपङ्क्तिमा रहेर काम गर्ने सहकारी संस्थाका कर्मचारीहरूका लागि ‘सहकारी सेवा संस्कार रूपान्तरण कार्यक्रम’ समेत सञ्चालन गरेको जनाएको छ।

सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरूको क्षमता विकास अपरिहार्य रहेको निष्कर्षसहित आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०७८ भदौ २ गते नौ जना व्यवस्थापकहरूको पहलमा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको स्थापना गरिएको थियो।

क्लबले स्थापना कालदेखि नै सहकारी क्षेत्रका व्यवस्थापक तथा कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि, अनुभव आदानप्रदान तथा संस्थागत सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सबै समाचार